कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली टिम फाइनलमा

काठमाडौं — भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली टिम फाइनल पुगेको छ । पाँच राष्ट्र सहभागी राउन्ड रोबिन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको हो । नेपालले उपाधिका लागि बुधबार भारतसँग खेल्नेछ ।

स्पर्धामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् । भारत विजेता हुँदै फाइनल पुगेको हो ।
नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई समान ५–० गेम नतिजामा हरायो । भारतसँग भने नेपाल ५–० ले नै चुकेको थियो ।
नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेसिका गुरुङ, सुनैना मुखियाा र रसिला महर्जन सहभागी छन् । मिक्स टिममा पुरुष/महिला सिंगल र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा खेल भएको थियो ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?