कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाद्वारा इङल्यान्ड पराजित

एएफपी

एडिलेड — अन्तिम दिनको पहिलो सत्रमा अस्ट्रेलियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि इंगल्याण्ड दोस्रो टेस्टमा पनि पराजित भएको छ । ६७ रनमा खेलिरहेका कप्तान जो रुटसहित ६ विकेट गुमाएसँगै इंगल्याण्ड १ सय २० रनले पराजित भयो । अन्तिम दिनमा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए ।

अस्ट्रेलियाद्वारा इङल्यान्ड पराजित

दिनको दोस्रो बलमै नाइटवाचम्यान क्रिस वोक्सलाई गुमाएको इंगल्याण्डका कप्तान जो रुटलाई तेस्रो ओभरमा पेभेलियन फर्किए । जोनी बेरस्टोले ३६ रन जोडेपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । २ सय ३३ रनको योगफलमा सबै विकेट गुमाएको इंगल्याण्डहार सँगै सिरिजमा २-० ले पछाडि पर्‍यो ।

प्रकाशित : मंसिर २०, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?