कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलिनाको ह्याट्रिक जित

काठमाडौं — नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगलतर्फ बुधबार फाइनल पुगेका छन् ।

एलिनाको ह्याट्रिक जित

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ र संयोगले आर्मी क्लबका बोधित डीसीलाई ४–१ को सेटमा पराजित गरेका थिए ।

सोही स्पर्धाको गल्र्समा आर्मीकी दीक्षा दाहालले एपीएफकी अञ्जु सुवाललाई ४–३ र बज्र युनियनकी स्मृति पन्तले पिङपोङ स्टारकी मारिया थापामगरलाई ४–१ सेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले चार खेलमा जित हात पारिन् भने उनकी सहोदर नन्द एलिना महर्जनले ह्याट्रिक जित (तीन जित) दर्ता गरिन् ।

नविताले आर्मीकी स्वेच्छा नेम्वाङ र प्रहरीकी यशस्वी अवाललाई समान ३–० तथा प्रहरीकी सोनु थापा मगर र आर्मीकी दीक्षा तामाङलाई समान ३–१ को सेटमा हराएकी थिइन् । समूह चरणको खेलमा भने नविता दीक्षासँग पराजित भएकी थिइन् । ९ खेलाडी सहभागी महिलाको सुपर लिगमा प्रत्येक खेलाडीले २–२ खेल खेल्न बाँकी छ । त्यस्तै १२ खेलाडी सहभागी पुरुष सिंगलको सुपर लिगका ६ चरणका खेल सकिएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?