कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्लास्तरीय भलिबल हुने

धरान — युनाइटेड गोर्खा एकेडेमीले सुनसरी जिल्लास्तरीय छात्र/छात्रा भलिबलको पाँचौं संस्करण आयोजना गर्ने भएको छ । स्पर्धा मंसिर २६ देखि २९ सम्म हुने आयोजक एकेडेमीका अध्यक्ष पेम्बा शेर्पाले बताए ।

युनाइटेड गोर्खा एकेडेमीले सुनसरी जिल्लास्तरीय छात्र/छात्रा भलिबलको पाँचौं संस्करण आयोजना गर्ने भएको छ ।

स्पर्धा मंसिर २६ देखि २९ सम्म हुने आयोजक एकेडेमीका अध्यक्ष पेम्बा शेर्पाले बताए । उनका अनुसार प्रतियोगितामा सुनसरीका विभिन्न स्कुलका १८–१८ छात्रछात्रा टिमले भाग लिनेछन् ।

दुवैका विजेताले १५ हजार, उपविजेताले १२ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । विधागत उत्कृष्ट खेलाडीले १२–१२ हजार नगद पाउने छन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?