कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाई एयरवेज गल्फ हुने

काठमाडौं — थाई एयरवेजले नेपालमा सेवा विस्तारको ५० औं वर्षगाँठ अवसर पारेर गल्फ प्रतियोगिता गर्ने भएको छ । विगतमा बर्सेनि हँुदै आएको यस प्रतियोगिता फेरि सुचारु गर्ने आयोजकले जनायो । शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगितामा क्लबका सदस्य र आमन्त्रित खेलाडी गरी ७० प्रतियोगी हुनेछन् ।

थाई एयरवेजले नेपालमा सेवा विस्तारको ५० औं वर्षगाँठ अवसर पारेर गल्फ प्रतियोगिता गर्ने भएको छ । विगतमा बर्सेनि हुँदै आएको यस प्रतियोगिता फेरि सुचारु गर्ने आयोजकले जनायो ।

शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगितामा क्लबका सदस्य र आमन्त्रित खेलाडी गरी ७० प्रतियोगी हुनेछन् ।

३/४ स्टेबल फोर्ड फम्र्याटमा खेलिने प्रतियोगितामा दुई विधाका विजेताले काठमाडौं–बैंककको दुईतर्फी टिकट प्राप्त गर्नेछन् । प्रतियोगिताको ९ अन्डर ह्यान्डिक्याप र १० माथि ह्यान्डिक्यापका विजेताले उपाधिसहित हवाई टिकट पाउनेछन् ।

महिला विजेता, पुरुष/महिला सिनियर र सुपर सिनियर, बेस्ट ग्रस, जुनियर यू–१७ विजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ । होल नम्बर १२ मा होल इन वन स्कोर गर्नेले पनि हवाई टिकट प्राप्त गर्नेछ ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?