कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेपाकताक्रो टोली बैंकक जाने

काठमाडौं — नेपाली सेपाकताक्रोका ६ खेलाडीले थाइल्यान्डको बैंककमा हुने ३२ औं किंग्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा भाग लिने भएका छन् । डिसेम्बर १७ सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ रुपेश सुनार, सुजन डंगोल र रोशन तामाङ तथा महिलातर्फ सोममाया थापामगर, सुमित्रा डंगोल र उषा महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली सेपाकताक्रोका ६ खेलाडीले थाइल्यान्डको बैंककमा हुने ३२ औं किंग्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

डिसेम्बर १७ सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ रुपेश सुनार, सुजन डंगोल र रोशन तामाङ तथा महिलातर्फ सोममाया थापामगर, सुमित्रा डंगोल र उषा महर्जनले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/महिला दुवैमा नेपालले रेगु र डबल्स स्पर्धामा भाग लिनेछ ।

नेपालले किंग्स कपमा २८ औं संस्करणदेखि सहभागिता जनाउन थालेको हो । २९ र ३१ औं संस्करणमा नेपाली पुरुष टोलीले रेगु र डबल्समा कांस्य जितेको थियो । महिला टोली पहिलोपल्ट सहभागी हुँदै छ ।

किंग्स कपका लागि एक महिनादेखि खेलाडीले प्रशिक्षण गरिरहेको सेपाकताक्रो संघले जनाएको छ । टोली शुक्रबार बैंकक जानेछ ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?