कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राखेप च्याम्पियनसिप आजबाट

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राखेप च्याम्पियनसिप खेलकुद आइतबार सुरु हुँदै छ । ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले च्याम्पियनसिपको उद्घाटन गर्ने कार्यक्रम छ ।

राखेप च्याम्पियनसिप आजबाट

१८ औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी सुरु गर्न लागिएको च्याम्पियनसिपमा २९ खेलका राष्ट्रिय प्रतियोगिता हुने राखेप सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराए ।


त्यसमध्ये पौडी, ट्रायथलन, कराँते र लनटेनिसको प्रतियोगिता भइसकेका छन् । च्याम्पियनसिपबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने जनाइएको छ । च्याम्पियनसिपका खेलहरू देशका विभिन्न स्थानमा माघ ९ सम्म चल्नेछ ।

प्रकाशित : पुस ९, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?