नेपाल बन्द

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ 

नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले कैलालीमा बिहेको गाडी जलाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिम्सिनाले म १ ख ४४१ नम्बरको  बसलाई कैलालीको मसुरिया र बडैपुरको नजिकमा बिहेको गाडी जलाएको बताए । 

उपत्यकामा बन्दको प्रभाव छैन, राजधानी बाहिर भने आंशिक बन्द

सरकारले आफ्नो पार्टीको गतिविधिमा लगाएको प्रतिवन्धको विरोध स्वरुप विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक मात्रै देखिएको छ ।

बुटवल, प्यूठान र रुकुममा शंकास्पद वस्तु भेटिए

बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो ।

कटारीमा शंकास्पद वस्तु

उदयपुरको कटारी नगरपालिका-२ देवीधापस्थित सडकमा बम राखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएकाे छ ।