कर्मचारी समायोजन : अझै ४० हजार कर्मचारी कम

सरकारले तीनै तहको कर्मचारी समायोजन सकेको दाबी गरे पनि अझै झन्डै ४० हजार कर्मचारी अपुग भएको छ  । संघ, प्रदेश र स्थानीय तहका लागि स्वीकृत दरबन्दीभन्दा कर्मचारी संख्या कम भएपछि समायोजनले पनि तीनै तहको प्रशासनिक संरचना पूर्ण हुन नसकेको हो  ।

कर्मचारी समायोजन प्रक्रिया टुंगियो, तीन तह गरी कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ ।

१६ हजार कर्मचारी समायोजन बाँकी

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि फाराम भरेकामध्ये अब करिब १६ हजार निजामती कर्मचारीलाई मात्र समायोजन गर्न बाँकी छ । 

मन्त्री भ्रमणमा गएपछि कर्मचारी समायोजन सुस्त

कर्मचारीलाई फागुन ३ भित्रै संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने घोषणा गरिए पनि त्यसअनुसार काम हुन सकेको छैन । अहिलेसम्म २२ हजार ९ सय १७ जना मात्रै समायोजन भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको एक वर्ष पूरा हुने दिनसम्ममा समायोजन सक्ने घोषणा गरेका थिए ।