तरकारी बोकेको जिप दुर्घटना : पैदल यात्रुसहित ५ जनाको मृत्यु [अपडेट]

गल्छी-४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी-४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।यस्तै गल्छी- ४ निवासी २१ वर्षीया सबिता प्याकुरेल मृत्यु भएको छ ।

जहाँबाट जिप खस्यो

१० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो । 

हुम्ला जिप दुर्घटना : शव नभेटिएपछि पुत्ला बनाएर दाहसंस्कार

कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकाहरू तीन दिनसम्म पनि फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाई दाहसंस्कार गरेका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको बिहीबार कर्णालीको खापुदोभान र प्युसनिवासी कौरा दमाई र दुई वर्षीय छोराको गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ ।

हुम्ला जिप दुर्घटना : बेपत्ताको खोजी जारी

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जिपको खोजी कार्य चलिरहेको छ । मंगलबार मध्याह्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजी कार्य जारी सुरु भएको थियो ।

हुम्लामा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता*[अपडेट]

खार्पुनाथ गाउँपालिका–५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् । खार्पुदेखि गाउँपालिकाको केन्द्र याङचु जाने क्रममा मंगलबार लु१ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको थियो ।