कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलप्याड स्मार्टफोन नेपालमा भित्रियो

कान्तिपुर संवाददाता

काठमाडौं — सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा छाइरहेको कुलप्याड स्मार्टफोन नेपाली बजारमा पनि भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टलले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कुलप्याड स्मार्टफोन नेपाली बजारमा भित्रिएको घोषणा गरिएको हो ।

कुलप्याड स्मार्टफोन नेपालमा भित्रियो

उक्त अवसरमा कुलप्याड स्मार्टफोनको प्रमुख र विशेष कुलवान फोन पनि सार्वजनिक गरिएको थियो । 


कुलवान स्मार्टफोनमा आधुनिक प्रविधिसहितको डोयल क्यामरा, डोयल सीम लगायत विशेषता रहेको जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार कुलवान मोबाइल फोनको मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ तोकिएको छ । 

 

प्रकाशित : फाल्गुन ३, २०७३ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?