एकैपटक पाँच ठाउँबाट एफथ्री सिरिज सार्वजनिक गर्ने ओप्पोको घोषणा

कान्तिपुर संवाददाता

सेन्जेन — ओप्पोले यही मार्च २३ मा आफ्नो एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ डुअल सेल्फी क्यामेरासहितको फोन एकैपटक विश्वका पाँच बजारमार्फत सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।

‘सेल्फी एक्स्पर्ट’का लागि यसमा रहेको ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो । यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगा पिक्सेलको सवक्यामेराले उच्च गुणस्तरिय तस्बिर खिच्ने कम्पनीको दाबी छ ।

भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस एकैपटक सार्वजनिक गर्ने तयारी गरिरहेको ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेसनल मोबाइल बिजनेसका प्रबन्ध निर्देशक स्काइ लीले बताएका छन् । एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्नेमा उनी विश्वस्त छन् ।

प्रकाशित : चैत्र २, २०७३ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय भूपू सैनिकलाई तीस करोड पेन्सन बाँडियो

गोरखा — गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ ।

गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपू सैनिकलाई निवृत्तिभरणबापत रु ३० करोड वितरण गरिएको गोरखा भारतीय भूपू सैनिक सङ्घ गोरखाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । गत फागुन २९ गतेदेखि आजसम्म निवृत्तिभरणको रकम वितरण गरिएको हो ।

गोरखामा मात्रै ११ हजारभन्दा बढी भारतीय भूपू सैनिक छन् । तीमध्ये सात हजारले काठमाडौँस्थित गोरखा भारतीय क्याम्पबाट पेन्सन लिने गर्छन् । गोरखामा मासिक १५ हजार रुपैयाँदेखि ७३ हजार रुपैयाँसम्म पेन्सन बुझ्ने भूपू सैनिक रहेका छन् । रासस

 

प्रकाशित : चैत्र २, २०७३ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्