कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा टेलिकमको अफर, रिचार्ज र डाटामा बोनस

काठमाडौं — नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिने घोषणा सार्वजनिक गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र एकहजारको रिचार्ज गर्दा १५ प्रतिशत व्यालेन्स बोनस दिने उल्लेख छ ।

नयाँ वर्षमा टेलिकमको अफर, रिचार्ज र डाटामा बोनस

यो सुविधा रिचार्ज कार्डबाहेक अन्य तरिकाबाट रिचार्ज गर्दासमेत पाइनेछ । बोनस व्यालेन्सको भ्यालिडिटी ३ दिनको मात्रै हुनेछ । अर्थात, उपभोक्ताले बोनस पाएको व्यालेन्स तीन दिनमा सक्नुपर्ने हुन्छ । 

यो सुविधा चैत ३० देखि नयाा वर्षको बैशाख १३ गतेसम्म लागू हुनेछ ।

यसैगरी, डाटा प्याकेजमा समेत बोनस दिइने टेलिकमले जनाएको छ । डाटा प्याकेजमा सुविधा चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुनेछ ।

अल टाइम डाटा प्याकेजमा एकसयको प्याकेजमा ४ सय एमबी, २ सयको प्याकेजमा ८ सय ५० एमबी र तीनसयको प्याकेजमा १५ सय एमबी डाटा उपलब्ध गराइने बताइएको छ । 

नाइट प्याकेजमा २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित क्रमश: ३ जिबी र साढे ६ जिबी उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सुविधा राति १० बजेदेखि बिहान ६ बजेसम्म हुनेछ ।

प्रकाशित : चैत्र २९, २०७३ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?