१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

फेसबुकसँगको सहकार्यमा एफएट मिटअप काठमाडौं हुँदै

काठमाडौं — एमएण्डएस नेक्स्ट भेन्चर कर्पले फेसबुकसँगको सहकार्यमा काठमाडैंमा एफएट मिटअप आयोजना गर्ने भएको छ । फेसबुकले अप्रिल १८ र १९ मा अमेरिकाको क्यालिफोर्नियामा गर्ने आफ्नो बार्षिक डेभलपर कन्फ्रेन्सको अवसर पारेर काठमाडौंमा एफएट मिटअप हुन लागेको हो ।

 फेसबुकसँगको सहकार्यमा एफएट मिटअप काठमाडौं हुँदै

नेक्स्ट भेन्चर कर्प नेपालमा उद्यमीलाई सहयोग गर्ने उद्देश्यले स्थापित कम्पनी हो ।

यो वर्ष धेरैभन्दा धेरै डेभलपरहरुसँग अनुभव आदानप्रदानको लागि फेसबुकले एफएट मिटअप नाम दिएर ४५ वटा सहरमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । काठमाडौंमा भने एमएण्डएस नेक्स्ट भेन्चर कर्पसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अप्रिल १९ मा हुँदैछ ।
एफएट कन्फ्रेन्समा फेसबुकले आफ्नो नयाँ योजना, कार्यक्रमहरु सार्वजनिक गर्नुका साथै फेसबुकमा केन्द्रित रहेर सेवा र प्रडक्ट बनाउने डेभलपर र उद्यमीहरुसँग नयाँ सम्भावनाबारे छलफल गर्ने गर्छ । 

काठमाडौंमा हुने कार्यक्रममा स्थानीय स्टार्टअप कम्पनी, डेभलपर र बजार प्रबद्र्धकहरुबीच अनुभव अदानप्रदान हुने जनाइएको छ ।

कार्यक्रममा फेसबुक संस्थापक मार्क जुकरवर्गले एफएट कन्फ्रेन्सको क्रममा दिने भाषणको प्रत्यक्ष प्रशारण गरिनेछ र स्थानीय वक्ताहरुले आफ्नो अनुभव आदानप्रदान गर्नेछन् ।

‘नेपाली उद्यमीहरुलाई नयाँ प्रविधि, शैली र सम्पर्कको बारेमा जानकारी दिनु कार्यक्रमको उद्देश्य हो’, एमएण्डस नेक्स्ट भेन्चर कर्पले जारी गरेको विज्ञप्तीमा भनिएको छ । नेपालमा करिब ८० लाख मानिस फेसबुकमा जोडिएका छन् ।

 

प्रकाशित : वैशाख ३, २०७४ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?