कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनटीसीको अफर

काठमाडौं — टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहक लक्षित नयाँ अफर ल्याएको छ । यो अफर २०७४ साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।


अफर फोरजी डाटा प्याकेज जीएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सीडीएमए सेवाका ग्राहकहरूलाई पनि लक्षित छ ।
फोरजी डाटा प्याकेजअन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।
त्यसैगरी १ सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । अल टाइम डेटा प्याकअन्तर्गत स्मल डेटा प्याक थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ४, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?