कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जगदम्बा सिमेन्टको मोबाइल एप्स

काठमाडौं — जगदम्बा सिमेन्ट उद्योगले मोबाइल एप्स बजारमा ल्याएको छ । नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले ‘हाम्रो घर’भन्ने एप्स ल्याएको उद्योग जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जगदम्बा सिमेन्टको मोबाइल एप्स

जगदम्बा सिमेन्ट उद्योगले मोबाइल एप्स बजारमा ल्याएको छ ।

नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले ‘हाम्रो घर’भन्ने एप्स ल्याएको उद्योग जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एप्सले निर्माणसम्बन्धी हरेक जिज्ञासाको समाधान गराउनेछ । यो एप्स घर निर्माणसम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसनलगायत सम्पूर्ण उपभोक्ताहरुका लागि उपयोगी रहेको बताइएको छ ।

निर्माणका लागि चाहिने निर्माण सामग्रीको छनोट, घरको लागत, भूकम्प प्रतिरोधी घर निर्माण प्रक्रियाबारे उपभोक्ताले उद्योगसाग सीधै सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : भाद्र २८, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?