कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयो आइफोन १० र ८

काठमाडौं — एप्पलले नयाँ फोन मंगलबार सार्वजनिक गरेको छ । एप्पलले आइफोन १० सहित आइफोन ८ र ८ प्लस बजारमा ल्याएको हो । पहिलो आइफोन सार्वजनिक भएको १० वर्ष पुगेको उपलक्ष्यमा यसले प्रयोगकर्तालाई ‘सप्राइज’ दिँदै आइफोन एक्स अर्थात् टेन सार्वजनिक गरेको छ ।

आयो आइफोन १० र ८

अब एप्पलले आइफोन ९ नल्याउने भएको अनुमान गरिएको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले अमेरिकाको क्यालिफोर्नियामा आयोजित समारोहमा नयाँ फोन सार्वजनिक गरेका हुन् । उनले आइफोन ८ र ८ प्लसलाई अहिलेसम्मकै उत्कृष्ट फोन र आइफोन टेनलाई भविष्यको प्रविधि बताए । त्यस्तै आइवाच थ्री र नयाँ एप्पल टीभी पनि सार्वजनिक गरेको छ । आइवाचले सिरीसहित फोरजी पनि सपोर्ट गर्छ ।

आइफोन ८ र ८ प्लसमा आइफोन ७ र ७ प्लसकै विशेषतालाई सुधारिएको छ । यी फोनको नयाँ विशेषता भनेको यसमा वायरलेस चार्जिङ छ । आइफोन ८ को स्क्रिन ४.७ इन्च र ८ प्लसमा ५.५ इन्च रहेको छ । दुवै फोनमा होम बटन र टस आईडी राखिएका छन् । दुवै फोन ६४ जीबी र २५६ जीबी मोडलमा उपलब्ध हुनेछन् । सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरू सेप्टेम्बर २२ देखि डेलिभर हुने कम्पनीले जनाएको छ । आइफोन टेनलाई एप्पलका प्रमुख टिम कुकले भविष्यको स्मार्टफोनको संज्ञा दिएका छन् । एप्पलले आइफोन टेनमा केही नयाँपन दिएको छ ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?