‘विच्याट’ ले फेसबुकलाई उछिन्यो

काठमाडौं — चीनको ठूलो सोसल मिडिया कम्पनी ‘टेन्सेन्ट’ ले फेसबुकलाई सम्पत्तिमा उछिनेको छ । ‘विच्याट’ सन्देश एप सञ्चालन गर्ने ‘टेन्सेन्ट’ को सम्पत्ति ५ सय अर्ब डलर पुगेको छ । हङकङमा मंगलबार कम्पनीको सेयर मूल्य २ दशमलव ४ प्रतिशतले वृद्धि भएसँगै फेसबुकलाई उसले पछाडि पारेको हो । यो कम्पनी विश्वकै पाँचौं स्थानमा सूचीकृत भएको टेलिग्राफ अनलाइन संस्करणमा उल्लेख छ ।

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेश बैंकको १२ प्रतिशत बोनस

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल बंगलादेश बैंकको तेइसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

यसैगरी साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएको जारी विज्ञप्तिमा छ । 

 

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्