‘पोक’मा परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौं — फेसबुकको सुरुदेखिकै फिचर हो– पोक । पोक केका लागि प्रयोग गर्ने कुनै नियम छैन । फेसबुक प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पोक गर्ने चलन छ तर पछिल्लो समय यसको प्रचलन घट्दै छ ।


फेसबुकले अब भने पोकको फिचर परिवर्तन गरेर अन्य अप्सन थप्ने भएको छ । जहाँ पोक गर्दा हाइफाइभ, हाई, वेबजस्ता फिचरहरू रहनेछन् । यसको नाम भने पोकको सट्टा ‘हेल्लो’ हुनेछ ।
फेसबुकले बेलायत र थाइल्यान्डका प्रयोगकर्ताबीच यसको प्रयोग गरिरहेको छ । मोबाइल एपमा हरेक व्यक्तिको प्रोफाइलमा हेल्लो बटन रहनेछ भने वेब भर्सनमा पनि सोहीअनुसारको डिजाइन हुने फेसबुकले जनाएको छ ।

 

प्रकाशित : मंसिर २९, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

एप्पलले किन्यो शाजम

कान्तिपुर संवाददाता

काठमाडौं — गीत पहिचान गर्ने एप शाजमलाई एप्पलले किनेको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् तर रकम भने खुलाइएको छैन । शाजम यसअघिदेखि नै एप्पलको सिरिजसँग जोडिएको छ ।


शाजम एप प्रयोगकर्तामाझ गीत पहिचान गर्ने एपका रूपमा चर्चित छ । जस्तो, कुनै पार्टी वा कतै कुनै गीत सुनियो तर उक्त गीत कुन हो ? कसको हो ? थाहा छैन भने शाजमले उक्त गीतको ट्रयाकको भरमा गीतको पहिचान गर्न सक्छ ।
एप्पलले शाजमलाई आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस एप्पल म्युजिकसँग जोड्नेछ । पछिल्लो समय एप्पल म्युजिकको प्रयोगकर्ता बढ्दै गए पनि यो स्पोटिफाईजस्ता एपसँग प्रतिस्पर्धामा पछि छ । एप्पलले सन् २०१५ देखि एप्पल म्युजिक सुरु गरेको हो ।

प्रकाशित : मंसिर २९, २०७४ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्