'ग्रेट टिम वर्क' नै सफलताको कारण: ज्ञानेन्द्र मल्ल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार केन्यामाथी ७ विकेटको सानदार विजय हात पारेको छ। ५ पटक विश्वकप खेलिसकेको केन्यामाथी नेपालले एकदिवसीयमा पहिलो विजय हात पारेको हो । नियमीत कप्तान पारस खड्का अस्वस्थताका कारण केन्यासँगको दुबै खेल खेलेनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी जिम्मेवारी लिएका थिए । केन्यासँगको दोस्रो खेल र उनको ब्याटिङमा केन्द्रित रहेर ज्ञानेन्द्रले कान्तिपुरका लागि विनोद पाण्डेसँग गरेको कुराकानी:

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार केन्यामाथी ७ विकेटको सानदार विजय हात पारेको छ। ५ पटक विश्वकप खेलिसकेको केन्यामाथी नेपालले एकदिवसीयमा पहिलो विजय हात पारेको हो ।
नियमीत कप्तान पारस खड्का अस्वस्थताका कारण केन्यासँगको दुबै खेल खेलेनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी जिम्मेवारी लिएका थिए । यसअघि पारसको अनुपस्थितिमा पनि ज्ञानेन्द्रले २ खेलमा नेपालको कप्तानी गरेका थिए । तर दुबै खेलमा नेपाल पराजित भएको थियो ।
त्यस अर्थमा सोमबारको विजय ज्ञानेन्द्रको कप्तानीमा नेपालको पहिलो विजय पनि हो । केन्यासँगको दोस्रो खेल र उनको ब्याटिङमा केन्द्रित रहेर ज्ञानेन्द्रले कान्तिपुरका लागि विनोद पाण्डेसँग गरेको कुराकानी

प्रकाशित : फाल्गुन ३०, २०७३ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिविस अब देखि जिल्ला समन्वय समिति

प्रतिक्षा काफ्ले

स्याङ्जा — स्थानीय तह पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै जिल्लामा स्थानीय निकायहरुको नयाँ नाम र जिम्मेवारी तोकिएको छ । साविक जिविस र गाविसको नाम परिवर्तन भई नगरपालिका र गाँउपालिकामा जिम्मेवारी हस्तान्तरण भएको छ ।

जिल्लामा ५ नगरपालिका र छ वटा गाउँपालिका बनेका छन् । शुक्रबारदेखि नयाँ संरचना लागु गर्ने भनिएता पनि यहाँ भने सोमबार देखी लागु गरिएको छ । साविक जिल्ला विकास समितिको बोर्ड परिवर्तन गरी सोमबार देखि जिल्ला समन्वय समिति लेखिएको छ ।

स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ वटा गाँउपालिका गरी ११ वटा केन्द्र रहने भएका छन । अबको पुनर्संरचना अनुसार ११ वडा केन्द्रमा ९५ वटा वडाहरु कायम भएका छन् । पुनर्संरचना तह प्राविधिक समितिका अनुसार अब जिल्लामा पुतलीबजार, वालिङ, भीरकोट र चापाकोटमा थप गल्याङ नगरपालिका हुनेछ भने त्यस्तै गरी हालको सेतीदोभान गाविसमा आँधीखोला नामको केन्द्र रहने त्यस्तै फेदीखोला गाविसमा फेदीखोला, अर्जुनचौपारी गाविस अन्तर्गत अर्जुनचौपारी, कृष्णगण्डकी गाविसमा कालीगण्डकी, विरुवा गाविसमा विरुवा केन्द्र, हालको चिसापानी गाविसमा हरिनाश गाँउपालिका रहने भएको छ ।

जिविस र गाविसको नाममा सोमबार देखि आर्थिक कारोबार स्थगित गरिएको कोलेनिका प्रमुख जयराम पौडेलले बताए । उनका अनुसार नयाँ संरचना अनुसार नयाँ कार्यालयको नाममा मात्र सोमबार देखि नै नयाँ आर्थिक कारोबार सुरु गरिएको छ ।

जिल्लाका पाँचवटा नगरपालिकामा उपसचिव कार्यकारी अधिकृत रहने र गाँउपालिकामा जनसंख्याको आधारमा उपसचिव कार्यकारी बनाइने परिपत्र अनुसार स्थानीय विकास मन्त्रालयले खटाउने भनिएका ९ जना कर्मचारी नआएसम्म कर्मचारी बाँडफाँड नगरिएको उनले बताए । हाललाई वडा र गाविसहरु समायोजन भएकाले साविककै कर्मचारी बाँडफाडँ गरी जिम्मेवारी तोकिने र सिनियर कर्मचारी कार्यकारी प्रमुख रहने उनको भनाई छ ।

 

 

प्रकाशित : फाल्गुन ३०, २०७३ १९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT