कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसी मोर्चाले राजनीतिलाई अपराधिकरण गर्न खोजेको ओलीको आरोप

‘एमाले रातो झण्डा बोकेर अगाडि बढेको छ । मोर्चाको कालो झण्डा हेरेर बस्दैन’
ठाकुरसिंह थारु

बाँके — एमाले अध्यक्ष केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजनीतिका नाममा अपराधिक घटना गराइरहेको आरोप लगाएका छन् । उनले राजनीतिमा पक्ष र विपक्ष हुनु स्वाभाविक रहे पनि अपराधिकरण गर्न नहुने बताए ।

मधेसी मोर्चाले राजनीतिलाई अपराधिकरण गर्न खोजेको ओलीको आरोप

‘संविधान जारी गर्न खोज्दा रोक्न खोज्ने । कार्यान्वन हुन नदिने, ‘मंगलबार नेपालगन्ज आईपुगेको एमालेको मेची-महाकाली अभियान सभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा गर्दा अवरोध गर्नेजस्ता कार्य राजनीतिक हुन सक्दैनन् । राजनीतिलाई मोर्चाले अपराधिकरण गर्न खोज्दै छ ।’उनले मधेसका नाममा सम्प्रदायबीचको सदभाव खलबलाउन खोजेको आरोप लगाए ।

जातजातका नाममा भूगोलका नाममा लडाउने प्रयास भइरहेको उनको आरोप थियो । ‘दुई महिनाअघि एमालेले मेची-महाकाली अभियान तय गर्‍यो । अभियानलाई बिथोल्न मोर्चाले अवरोध गर्दै आएको छ,’ एमाले अध्यक्ष ओलीले भने,‘एमाले रातो झण्डा बोकेर अगाडि बढेको छ । मोर्चाको कालो झण्डा हेरेर बस्दैन ।’ मोर्चाका नेताहरु मधेसको समस्या समाधान हुन नदिन दाउमा रहेको उनको आरोप लगाए ।

एमाले नेता माधवकुमार नेपालले क्षेत्रीयता र जातजातिका नाममा बिष फैलाउने काम गरिरहेको बताए । उनले मोर्चाकै कारण मधेसमा समस्या बल्झिदै गएको बताए । ‘मधेसबाट मानिसहरु विस्थापित भइरहेका छन् । आर्थिक गतिविधि सुकेर सहर सुनसान भइरहेका छन्,’ उनले भने, ‘मोर्चाको अराजक गतिविधि नरोकिए अवस्था झन् बिग्रिँदै जाने छ ।’
एमाले उपाध्यक्ष वामदेव गौतम र पोलिटब्युरो सदस्य लालबाबु पण्डितले मोर्चाले नेपालीहरुको एकता भाँड्ने प्रयास गरिरहेको बताए ।

प्रकाशित : चैत्र १, २०७३ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?