कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीको लागि बोरिङ गर्दा निस्कियो आगो

लीला श्रेष्ठ

भक्तपुर — खानेपानीको 'डिप बोरिङ' गर्ने क्रममा निस्किएको ग्यासका कारण भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका मेसिनका तार लगायत सामग्री जलेका छन् । बिहान १० बजेपछि लागेको आगो अहिलेसम्म निभाउन सकिएको छैन ।

पानीको लागि बोरिङ गर्दा निस्कियो आगो

खानेपानीको 'डिप बोरिङ' गर्ने क्रममा निस्किएको ग्यासका कारण भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक आगलागी भएको छ ।

सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका मेसिनका तार लगायत सामग्री जलेका छन् । बिहान १० बजेपछि लागेको आगो अहिलेसम्म निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि काठमाडौं र भक्तपुरका गरी तीनवटा दमकल प्रयोग गरिएको छ ।

चापाखर्क खानेपानी आयोजनाअन्तर्गतको डिप बोरिङको काम आगलागीपछि रोकिएको छ । करिब १ सय ८० फिट गहिरो खनिएपछि ग्यास निस्किएर आगलागी भएको हो । तर, कसरी आगलागी भयो भन्ने अहिलेसम्म खुलेको छैन । आगोको मुस्लो बढ्दै गएपछि नजिकका मानव बस्तीमा त्रास उत्पन्न गराएको प्रहरीले बताएको छ । सुरक्षाकर्मी, स्थानीय बासिन्दाले आगलागी निभाउने प्रयास जारी राखेका छन् । डिप बोरिङ भन्नाले सय फिटभन्दा बढी गहिराइबाट पानी निकालेर प्रयोग गर्नु हो ।

प्रकाशित : वैशाख ५, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?