कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरको कार्पेट उद्योगमा भीषण आगलागी

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका २, इटापाको सल्लाघारीस्थित यति कार्पेट उद्योगको भीषण आगलागी करिब आठ घण्टापछि निभाइएको छ । शनिबार राति करिब साढे ११ बजे उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा आगलागी भएको हो ।

भक्तपुरको कार्पेट उद्योगमा भीषण आगलागी

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंका अनुसार जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आइतबार बिहान साढे ७ बजे आगो नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि पानी ओसार्न स्थानीय रुपमा सञ्चालित ट्यांकर समेत प्रयोग गरिएको थियो । 

आगलागीबाट दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको यति कार्पेट उद्योगका म्यानेजर धमेन्द्र यादवले बताए । कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकीन विवरण आउन नसके पनि डेढ अर्बभन्दा बढीको क्षति भएको यादवले बताए । उक्त कार्पेट उद्योगमा एकसय भन्दा बढी कामदार रहेको छ । 

 

 

प्रकाशित : असार ४, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?