कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन बालबालिका हत्या प्रकरण: अझै टुङ्गिएन अनुसन्धान

विद्या राई

भोजपुर — जिल्लाको पूर्वी अरुण गाउँपालिका ३ का तीन बालबालिकाको सामुहीक हत्या भएको एक महिनाबढि बितेपनि अनुसन्धान अझै टुगिंएको छैन । स्थानीय रविन्द्र सापकोटाका १४ बर्षीय छोरा रञ्जिव सापकोटा र चेतनाथ फुयालका छोरी र छोरा १३ बर्षीय सुष्मा र ८ बर्षीय प्रदीपको स्थानीय तह निर्वाचनताका शंकास्पद हत्या भएको थियो ।

तीन बालबालिका हत्या प्रकरण: अझै टुङ्गिएन अनुसन्धान

घटना भएका दिनदेखि जिल्ला प्रहरी कार्यालय भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो बिराटनगरको निरन्तर अनुसन्धान सफल नभएपछि एक हप्तायता केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएको छ । अबोध बालबालिका माथि निर्ममतापूर्वक भएको हत्या रहस्य खुल्नुको साटो दिनदिनै रहस्यमय बनाउदै सामान्य बनाउन लागेको पीडित परिवारको गुनासो छ । गएको असार १० गते साँझ अचानक हराएका ती बालबालिका असार १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत फेला परेका थिए ।

प्रकाशित : श्रावण २३, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?