कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगापुर जानुअघि पारस भन्छन्, ‘मैदान भित्र र बाहिर उत्तिकै महत्वपूर्ण’

विनोद पाण्डे

काठमाडौं — नेपालका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरमा अगस्ट ११ देखि १३ सम्म आयोजना हुन लागेको पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी–२० प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

सिंगापुर जानुअघि पारस भन्छन्, ‘मैदान भित्र र बाहिर उत्तिकै महत्वपूर्ण’

प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिङ स्टार ११, भारतको  मद्रास क्रिकेट क्लब, दक्षिण अफ्रिकाको रोवलिन नेसनल क्रिकेट एकेडेमी, अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्ड र मेलबर्न क्रिकेट क्लब, श्रीलंकाको सिन्हालिज स्पोर्टस क्लब, हङकङको कावलुन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछ ।

पारस र महुबबले सिंगापुर इमर्जिङ स्टारबाट खेल्ने छन् । पारसले आफुलाई सिंगापुर इमर्जिङले प्रतियोगितामा खेल्न बोलाएको र आफुले ट्वान्टी–२० क्रिकेट खेल्ने बताए । महबुबले आफुलाई सिंगापुरका खेलाडी धर्मीचन्द मुलेवाले बोलाएको बताएका छन् ।

अस्वस्थताका कारण पारसले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग र त्यसपछि बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कप गुमाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन पारसले सिंगापुरबाटै गर्दैछन् । अक्टोबरमा नेपालले हङकङमा गएर च्याम्पियनसिपको खेल खेल्दै छ । हङकङको कावलुन क्रिकेट क्बल पनि सो प्रतियोगिता खेल्न आइरहेकाले नेपालका लागि यो प्रतियोगिता महत्वपूर्ण भएको जनाउछन् ।

प्रकाशित : श्रावण २४, २०७४ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?