कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसुरिद्धिनलाई टिकट दिनेवित्तिकै नेसनलको सम्बन्धन खोसियो: ओली

‘क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपयुक्त समयमा सच्याइन्छ’

चितवन — एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन नियतवस स्थगित भएको आरोप लगाएका छन् ।

मेडिकल कलेजलाई सम्बन्धन दिने/नदिने निर्णय लहड र दबाबमा गर्न नहुने उनको भनाइ छ ।

बसुरिद्धिनलाई टिकट दिनेवित्तिकै नेसनलको सम्बन्धन खोसियो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन नियतवस स्थगित भएको आरोप लगाएका छन् ।

मेडिकल कलेजलाई सम्बन्धन दिने/नदिने निर्णय लहड र दबाबमा गर्न नहुने उनको भनाइ छ । मेडिकल सञ्चालक बसुरिद्धिन अन्सारीलाई एमालेले वीरगन्ज महानगरपालिकाको मेयरमा टिकट दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सम्बन्धन खोसिएको ओलीको आरोप छ । ‘एमालेले बसुरिद्धिन अन्सारीलाई मेयरमा टिकट दिएको सुन्नेवित्तिकै प्रधानमन्त्रीले कुलपतिको हैसियत दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले, दबाबमुलक ढंगले निर्णय गरे,’ उनले भने ।

एमालेले बसुरिद्धिन अन्सारीलाई मेयरमा टिकट दिएको सुन्नेवित्तिकै प्रधानमन्त्रीले कुलपतिको हैसियत दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले, दबाबमुलक ढंगले निर्णय गरे

चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगत गर्ने निर्णय गरेको थियो ।

एमालेले मेडिकल कलेज सञ्चालन नगरेको उल्लेख गर्दै ओलीले मनमोहन मेडिकल कलेजको पूर्वाधार पुग्दा पुग्दै पनि किन नदिएको भनी प्रश्न गरे । ‘मनमोहनमा पूर्वाधार पुगेको छ कि छैन, हस्पिटल चलेको छ कि छैन, पढाउने शिक्षकहरु छन् कि छैनन् ?,’ उनको प्रश्न थियो, ‘कसको नाममा चलाउने पाउने, कसको नाममा नचलाउन नपाउने ? अरुले धेरै झुम्रा जोडेर बनेको पुतलीले धेरै फुर्ती नगरे हुन्छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणको निकै आलोचना गर्नुभयो त भन्ने पत्रकारको प्रश्नमा ओलीको उल्टै प्रश्न थियो, ‘तपाईंलाई कस्तो आनन्द गजब लाग्यो त ?’

ओलीले भारत भ्रमणमा एउटा विषयमा लिखित सम्बोधन गर्दा गर्दै प्रधानमन्त्री देउवाले विषयान्तर गरेर संसदको निर्णयलाई धज्जी उडाएको आरोप लगाए । ‘विदेशको भूमिमा गएर गिडिगिडी गर्नुभन्दा त राजीनामा लेख्नुपर्थ्यो,’ संविधान संशोधन प्रस्ताव फेल भएपछि देउवाले नैतिकता देखाउनसमेत नसकेको उल्लेख गर्दै उनले भने, ‘पार्लियामेन्टमा गलत भएको भए यहीं छलफल गर्नुपर्थ्यो ।’

ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको भारत भ्रमणमा भएका सम्बोधन र सम्झौता रेकर्डेड रहेको उल्लेख गर्दै अध्ययन गर्न चुनौति दिए ।

क्षेत्र निर्धारण आयोगले गरेको सिफारिसप्रति ओलीको असन्तुष्टि थियो । ‘उचित समयमा बेठीक कुरालाई ठीक बनाउँछ एमालेले,’ उनको भनाइ थियो, ‘अहिले त्यसका निम्ति उपयुक्त परिस्थिति छैन ।’ जानीजानी र खास उद्देश्यका साथ बेठीक गरिएको उनको आरोप थियो ।

ओलीले आयल निगमको जग्गा अनियमितता प्रकरण राज्यसत्ताको संरक्षणमा नै भएको दाबी गरे ।

प्रकाशित : भाद्र १८, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?