कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस मुद्दाको जित: मेयर मण्डल

सन्तोष सिंह

धनुषा — प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पहिलो विजयी मेयर रामज्ञान मण्डलले मधेसी मुद्दा जित भएको बताएका छन् ।

मधेस मुद्दाको जित: मेयर मण्डल

उनले कान्तिपुरसंगको छोटो कुराकानीमा हंसपुर नगरपालिकाको संस्थापक मेयरको रुपमा आफुलाई चुनेर जनताले मधेस मुद्दाको जित गराएको बताएका हुन् । साथै उनले अव सरकारसंग पहिले जस्तै निरन्तर रुपमा मधेस मुद्दाको लागि लडिरहने बताए ।

उनले धेरै युवाहरु बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नगरमै युवाहरुको लागि रोजगारी सिर्जना गराउने पनि बताए ।

प्रकाशित : आश्विन ४, २०७४ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?