कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन ३ नम्बर क्षेत्रबाट चुनाव लड्छु : दाहाल

विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन् ।

चितवन ३ नम्बर क्षेत्रबाट चुनाव लड्छु : दाहाल

मंगलबार भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले उम्मेद्वार छनौट समितिको बैठकमा कुरा भए अनुसार उक्त क्षेत्रबाट चुनाव लड्ने तायरीमा रहेको बताए । कुन पार्टीसँग तालमेल गरेर चुनाव लड्ने भन्नेबारे छलफल चलिरहे पनि टुंगो लागिनसकेको दाहालले बताए । ‘छलफल सबैसँग चलिरहेको छ, टुंगो कसैसँग पनि लागेको छैन, हाम्रो कोसिस त चितवनमा एक्लै चुनाव लडेर जित्नु पर्छ भन्नेमा छ,’ उनले भने,‘तर देशभरिको सन्दर्भमा चाहिँ तालमेल हुन सक्छ ।’उनले मुख्य रुपमा चुनावमा तालमेलका लागि कांग्रेस र एमालेसंग छलफल चलिरहेको बताए । 

‘हामीले नीतिगत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरसँग मात्रै तालमेल हुन सक्छ भनेर निर्णय गरिसकेका छौं,’उनले भने,‘चितवनकै हकमा भन्ने हो भने अन्य क्षेत्रीय पार्टी छैनन्, त्यही भएर कांग्रेस एमालेमध्ये एक पार्टीसँग तालमेल हुनेछ ।’

तेस्रो चरणको चुनावसम्म आइपुग्दा २ नम्बर प्रदेशमा मतको हिसाबले माओवादी उकालो लागिरहेको उनले बताए । ‘प्रदेश र केन्द्रसम्म जाँदा सबैसँग बराबरीमा पुग्छौं भन्ने हाम्रो विश्वास छ,’ उनले भने,‘राष्ट्रिय आवश्यकता अनुसार तालमेल गरेरै अघि बढ्नेमा छौं ।’उनले असोज २०/२२ भित्र माडी जाने कार्यक्रम तय भएको बताए । माडी क्षेत्र नम्बर ३ मा पर्छ । 

प्रकाशित : आश्विन १०, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?