कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गमको सुगम पुस्तकालय

विद्या राई

भोजपुर — भोजपुरको दक्षिणी भेग भौगोलिक रुपमा जति विकट छ, आर्थिक, सामाजिक तथा साास्कृतिक बिकासमा पनि उत्तिकै पछाडि छ । तर यहााको शैक्षिक आयामलाई फराकिलो पार्न सगरमाथा माविको योगदान अमुल्य छ । जुन दक्षिणकै सदरमुकाम घोडेटारबजार९हतुवागढि गाउापालिका०मा अवस्थित छ।

दुर्गमको सुगम पुस्तकालय

भोजपुरको दक्षिणी भेग भौगोलिक रुपमा जति विकट छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा पनि उत्तिकै पछाडि छ । तर यहाँको शैक्षिक आयामलाई फराकिलो पार्न सगरमाथा माविको योगदान अमूल्य छ ।
जुन दक्षिणकै सदरमुकाम घोडेटारबजार (हतुवागढी गाउँपालिका) मा अवस्थित छ।

दक्षजनशक्ति र कितावी ज्ञान मात्रै होइन बाहिरी ज्ञानका लागि खुराकको सुविधा पनि पर्याप्त छ । दुर्गम भएपनि सुगमको विद्यालयभन्दा व्यवस्थित र नमुनालायक पुस्तकालय विद्यालय हाताभित्र छ । ०३२ साल पौष महिनामा स्थापना भएको विद्यालयमा करिब एकदशकलगत्तै ०४१ जेठमा आफ्नै पहलमा पुस्तकालय स्थापना भएको थियो ।

पाठ्यपुस्तक बाहेक चर्चित लेखकले लेखेका ८ हजार २ सय भन्दा बढि पुस्तक, उपन्यास, कथासंग्रह, निबन्धसंग्रह तथा पुराना पुस्तकहरु छन् । ०६७ सालमा सडक सञ्जालमा जोडिएको भएपनि कच्ची भएकाले सवारीसाधनलाई ३ महिना ओहोरदोहोर गर्न मुस्किल पर्ने यहाँ राजधानीबाट प्रकाशित हुने दुईदर्जनबढी दैनिक, मासिक तथा साप्ताहिक समाचारपत्र तथा पत्रपत्रिकाहरु हुलाक मार्फत नियमित ल्याइन्छ । विद्यार्थी, अभिभावक र पाहुनाहरुका लागि पुस्तकालय फुर्सदिलो समय सदुपयोग गर्ने गतिलो माध्यम बनेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई यही आएर अध्ययन गर्न पाउने अवसर पनि बनेको छ ।

दुर्गममा अध्ययनका लागि पुस्तकालय जति भरपर्दो आधार बनेको छ तर समयअनुसार यहााको व्यवस्थापनमा भने सरकारले आजसम्म आँखा खोलेको छैन । न त स्थानीय तबरबाट नै प्रयास भएको छ। यसै विद्यालयमा पढेर गएका विद्यार्थी देशकै उच्च तहको राजनैतिक तथा प्रशासनिक हैसियत बोक्ने व्यक्तित्वका रुपमा स्थापित भइसकेका छन्, तर उनीहरुले विद्यालयको विकासमा भने चित्तबुझ्दो हातोमालो गर्न सकेका छैनन् ।

प्रकाशित : आश्विन १९, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?