कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेतृत्व फेरिए, अबस्था फेरिएन

विद्या राई

भोजपुर — पुर्वी पहाडी जिल्ला भोजपुरमा पटक पटकका निर्वाचनले नेता र नेतृत्व फेरिए पनि मतदाताका मुहार भने अझै फेरिन सकेको छैन । २००७ सालका क्रान्ति योद्धा नारदमुनि थुलुङदेखि गणतन्त्रकी राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई जन्माउने भोजपुरमा अझै विकास निर्माणले फड्को मार्न सकेको छैन ।

नेतृत्व फेरिए, अबस्था फेरिएन

बाहिरी जिल्लासंग जोड्ने एक मात्र भोजपुर–लेगुवा ६६ किमि नारदमुनि थुलुङ राजमार्ग निर्माण भएको १० बर्ष बितेको छ । यतिन्जेलसम्म कालोपत्रे नहुँदा यात्रुलाई हिउदको ६ महिना धुलो र बर्षातको ६ महिना हिलोको सकस छ । छिमेकी खोटाङ जिल्लासंग जोडिने मध्यपहाडी राजमार्गको हालत पनि उही छ । विकल्पमा रहेको हवाई सेवासमेत नियमित नहुँदा अन्य बिकास निर्माणसंगै आवतजावत गर्न समस्या छ । पटक पटक नेतृत्व फेरिएपनि विकासको मेरुदण्ड मानिएको सडकको विकासमा कसैको ध्यान नपुग्दा सर्वसाधारण मर्कामा परेको भोजपुर नगरपालिका दावाका लक्ष्मण चौहान गुनासो गर्छन् ।

प्रकाशित : कार्तिक २९, २०७४ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?