कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारस‌ंहिताविपरीत झुन्ड्याइएका तुल, ब्यानर हटाइए

अवधेशकुमार झा

राजविराज — निर्वाचन आचारसंहिताविपरीत विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको सार्वजनिक स्थलहरुमा लगाएका निर्वाचन चिह्न अंकित तुल र व्यानर स्थानीय प्रशासनले हटाउन सुरु गरेको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकको स्मारकलाई नै छोप्ने गरी विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले सयौंको संख्यामा लगाएको निर्वाचन प्रहार र चिह्न अंकित पोस्टर पम्पलेट, तुल र ब्यानर प्रहरीले हटाएको छ ।

आचारस‌ंहिताविपरीत झुन्ड्याइएका तुल, ब्यानर हटाइए

निर्वाचन आचारसंहिताविपरीत विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको सार्वजनिक स्थलहरुमा लगाएका निर्वाचन चिह्न अंकित तुल र व्यानर स्थानीय प्रशासनले हटाउन सुरु गरेको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकको स्मारकलाई नै छोप्ने गरी विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले सयौंको संख्यामा लगाएको निर्वाचन प्रहार र चिह्न अंकित पोस्टर पम्पलेट, तुल र ब्यानर प्रहरीले हटाएको छ ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवसहित सुरक्षाकर्मीहरुले तुल र ब्यानर हटाउँदै निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरे । यस्तै सुरक्षाकर्मीहरुले बुधबार साँझसम्ममा राजविराजको मेनरोडका विभिन्न स्थानमा झुण्ड्याइएका तुल ब्यानर हटाएको छ । प्रहरी उपरीक्षक सिंहले सदरमुकामका भित्री गल्लीहरुमा पनि निर्वाचन आचारसंहिताविपरीत लगाइएका पर्चा पम्पलेट तथा तुल र ब्यानर हटाउने तयारी गरिएको छ । यस्तै ग्रामीण क्षेत्रमा पनि आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन स्थानीय प्रहरी इकाईहरुलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

निर्वाचन आचारसंहिताविपरीत सदरमुकाम राजविराजसहित जिल्लाका प्रमुख बजार र ग्रामीण क्षेत्रमा उम्मेदवारहरुले सयौंको संख्यामा तुल र ब्यानर झुन्डाएका छन् । यस्तै जिल्लाका सार्वजनिक विद्यालय, मठ मन्दिरलगायत स्थानमा राजनीतिक दलहरुले चुनावीसभा र बैठकहरुलाई निरन्तरता दिइरहेका छन् भने निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरिरहेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने भन्दै सबै दल र उम्मेदवारहरुले प्रतिबद्धता जनाए पनि अझै आचारसंहिताको उल्लंघन हुनु दुखद् भएको बताए ।

उनले आचारसंहिताविपरीत पोस्टर पम्पलेट टास्ने, तुल ब्यानर झुण्ड्याउने कार्य नरोकिएपछि सुरक्षाकर्मी लगाएर सफाई कार्य सुरु गरिएको बताए । उनले अब पनि आचारसंहिताको पूर्णपालना गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरे ।

प्रकाशित : कार्तिक ३०, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?