कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी लगियो मतपत्र काठमाडौं

दीपेन्द्र शाक्य

संखुवासभा — सर्वोच्च अदालतमा मंसिर ११ मा सम्पन्न प्रतिनिधिसभा तर्फको मतगणना एक पक्षीय ढंगबाट गरेको उजुरी परेपछि खाँदबारीबाट मतपत्र निर्वाचन आयोगमा लगिएको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा उमेदवार दीपक खड्काले मतगणना एकपक्षीय भएको भन्दै उजुरी गरेका थिए ।

यसरी लगियो मतपत्र काठमाडौं

सर्वोच्च अदालतको आदेशअनुसार आईतबार मतपत्र लगायत सम्पूर्ण निर्वाचन सामाग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी शीवराज जोशीले बताए ।

प्रतिनिधिसभाका उमेद्वार खड्काले पुस ३ गते सर्वोच्च अदालतमा पुन मतगणना माग गदै उजुरी गरेका थिए । अदालतको आदेशअनुसार पुस १४ गते जिल्ला निर्वाचन कार्यालय संखुवासभालाई मुचुल्का सहतको मतपत्र पठाउन निर्वाचन आयोगले पत्राचार गरेको थियो ।

संखुवासभाका क्रियाशिलराजनीतिक दलका प्रतिनिधिको रोहवरमा नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र लायतका सामाग्री काठमाण्डौ पुऱ्याईएको छ । प्रतिनिधिसभा उमेद्वार खड्काले मतगणनामा निर्वाचनका कर्मचारीले एकपक्षीय ढंगले गणना गरेकाले बदर मतको संख्या बढी भएको आरोप लगाउँदै आएका छन् । मतगणनामा कांग्रेसको प्रतिनिधि नहुँदापनि मुख्य निर्वाचन अधिकृतले एक पक्षीय ढंगबाट मतगणना सकेर विजयी घोषणा गरेको उनको आरोप छ । आयोगले प्रदेशसभा क र ख तथा समानुपातिक तर्फको मतपत्र र मुचुल्का समेत लगेको छ । प्रजिअ जोशीका अनुसार मतदान केन्द्रमा प्रयोग भएका सामाग्री र मुचुल्का पनि पठाईएको छ । झण्डै २ हजार किलोग्राम सामाग्री भएकाले हेलिकप्टरबाट पठाईएको उनले बताए । दलका प्रतिनिधिले आयोगले पठाएको कन्टेनरमा पठाउन नमानेपछि सुरक्षा समितिले हेलिकप्टर मगाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय ४६ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । नेकपा एमालेका उमेद्वार राजेन्द्र गौतमले खड्कालाई १ हजार १ सय ३० मतअन्तरले हराएका थिए ।


प्रकाशित : पुस १६, २०७४ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?