कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इन्डोनेसियामा ७.२ म्याग्निच्युडको भूकम्प

रासस/सिन्ह्वा

बेइजिङ (चीन) — इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार बिहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

इन्डोनेसियामा ७.२ म्याग्निच्युडको भूकम्प

सिइएनसीका अनुसार बिहीबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डा्नेसिया) मा परेको थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्नीच्युडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

प्रकाशित : पुस २६, २०७३ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?