कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाद्वारा बलेष्टिक मिसाइल परिक्षण, जापानको पक्षमा सत प्रतिशत छु: ट्रम्प

बीबीसी

अमेरिका — उत्तर कोरियाले अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि पहिलो पटक आइतबार बलेष्टिक मिसाइलको परिक्षण प्रहार गरेको छ । बीबीसीका अनुसार यो मिसाइल पूर्वतर्फ जापानको समुद्री क्षेत्रतर्फ ५ सय किलोमिटरको दुरीमा प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएको छ ।

उत्तर कोरियाद्वारा बलेष्टिक मिसाइल परिक्षण, जापानको पक्षमा सत प्रतिशत छु: ट्रम्प

उत्तर कोरियाले अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि पहिलो पटक आइतबार बलेष्टिक मिसाइलको परिक्षण प्रहार गरेको छ । बीबीसीका अनुसार यो मिसाइल पूर्वतर्फ जापानको समुद्री क्षेत्रतर्फ ५ सय किलोमिटरको दुरी सम्ममा पुगेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएको छ ।

जापानका प्रधानन्त्री सिन्जो आवेले उक्त परिक्षणलाई 'पूर्णता सहननसकिने" प्रतिक्रिया दिएको छ । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले 'अमेरिका सय प्रतिशत जापानको पक्ष'मा रहेको उल्लेख गरेको छ ।
यसअघि ट्रम्पले आफ्नो चुनावी अभियानको दौरानमा जापान र दक्षिण कोरियालाई अमेरिकाले दिएको सुरक्षा छाता न्यायसंगत नभएको उल्लेख गरेका थिए । उनले यि दुई मुलुकले अमेरिकाले दिएको सुरक्षाबापत उपयुक्त ढ‌ंगबाट मुल्य तिर्नु पर्ने बताएका थिए ।

न्यूक्लियर बम समेत परिक्षण गर्दै आएको उत्तर कोरियाले विगतमा पनि धेरै पटक यस प्रकारको मिसाइल परिक्षण गर्दै आएको थियो । यही कारण कोरियन पेनन्सलामा तानव बढिरहेको छ ।

प्रकाशित : फाल्गुन १, २०७३ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?