कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूसी सम्बन्धबारे अनुसन्धान माग

बीबीसी

वासिङ्टन — अमेरिकामा रिपब्लिकन पार्टीका शीर्ष नेताहरूले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका माइकल फ्लाइनको रूसी सम्बन्धका विषयमा बृहत् अनुसन्धान गर्न माग गरेका छन् । डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि रूसमाथिको अमेरिकी प्रतिबन्धका विषयमा छलफल गरेको दाबी सार्वजनिक भएपछि उनले सोमबार राजीनामा दिएका हुन् ।

अमेरिकामा रिपब्लिकन पार्टीका शीर्ष नेताहरूले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका माइकल फ्लाइनको रूसी सम्बन्धका विषयमा बृहत् अनुसन्धान गर्न माग गरेका छन् ।

डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि रूसमाथिको अमेरिकी प्रतिबन्धका विषयमा छलफल गरेको दाबी सार्वजनिक भएपछि उनले सोमबार राजीनामा दिएका हुन् । राष्ट्रपति चुनावको एक वर्षअघि ट्रम्पको अभियानका सदस्य र उनका सहयोगीहरूले रूसका वरिष्ठ गुप्तचर अधिकारीसँग बारम्बार सम्पर्क गरेको फोन रेकर्डबाट देखिएको भन्दै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेपछि छानबिनको माग उठेको हो ।

सिनेटको ‘आम्र्ड सर्भिस कमिटी’ का अध्यक्ष जोन म्याक्केनले फ्लाइनको राजीनामा वर्तमान राष्ट्रिय सुरक्षा प्रणालीको असफलताको संकेत भएको उल्लेख गर्दै यसले ट्रम्पको रूसप्रतिको नियतमाथि प्रश्नचिह्न लागेको बताए । रूसको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने फ्लाइनको राजीनामाका विषयमा कुनै टिप्पणी नगर्ने बताए । ‘यो अमेरिका तथा ट्रम्प प्रशासनको आन्तरिक मामला हो, यस विषयमा हाम्रो कुनै सम्बन्ध छैन,’ उनले भने । यद्यपि अधिकारीहरूले ट्रम्पको अभियानका क्रममा डेमोक्रेटिक नेसनल कमिटी ह्याक गर्न रूससँग साँठगाँठ रहेको या चुनावलाई प्रभाव पारेको भन्ने कुनै प्रमाण फेला नपारेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?