कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन लाखौं चिनियाँ पुरुषहरु एक्लो छन् ?

चीनमा ३० वर्ष कटेर पनि बिहे नगरेकाको लागि एउटा नाम छ–सेङनाङ । जसको अर्थ हो – खेर गएको मान्छे जसले अझैं केटी खोज्न बाँकी छ । बढ्दो लैंगिक खाडल भएको देशमा यो ठूलो समस्या हो ।

 किन लाखौं चिनियाँ पुरुषहरु एक्लो छन् ?

चीनमा एक बच्चा नीतिले प्रभावित लाखौं पुरुष छन् जसको प्रभाव आगामी दशक अझैं देखिनेछ । लैंगिक असन्तुलनका कारण धेरै पुरुषको लागि महिला साथी खोज्न गाह्रो भएको छ र यो असन्तुलन बढ्दो छ । अनुमानअनुसार सन् २०२० सम्ममा महिलाभन्दा ३ करोड बढी पुरुषले महिला साथी खोजिरहेका हुनेछन् । अमेरिकी राजनीतिक अर्थशास्त्री निकोलास इबस्ट्याडले अनुमान गरेका छन् कि सन् २०३० सम्ममा चीनमा ३० केटका एक थौथाई पुरुष अविवाहित हुनेछन् ।

अहिले, पुरुषभन्दा धेरै कम संख्यामा रहेका महिलाहरुमध्ये आफ्नो मन मिल्ने साथी भेट्टाउनु पुरुषको लागि कठिन काम भइरहेको छ । उनीहरुले यसको लागि ठूलो लगानी गरिरहेका छन् जुन सफल वा असफल दुवै हुनसक्छ ।

९९ आइफोन र नो
सन् २०१५ मा ४० नाघेका एक व्यापारीले सांघाईस्थित एक म्यारिज ब्यूरोविरुद्ध मुद्दा दायर गरे । कम्पनीलाई महिला साथी खोज्दिनको लागि एक मिलियन डलर तिरेपनि उनीहरुले आफ्नो लागि महिला साथी खोज्न नसकेको ति व्यापारीको आरोप थियो ।

अर्को घटनामा, गोन्जाओका एक कम्युटर प्रोग्रामर युवाले आफ्नो प्रेमिकालाई विहेको प्रस्ताव गर्नको लागि ९९ वटा आइफोन किनेका थिए । उनले ९९ वटा आइफोनलाई मुटुको आकारमा सजाएर आफ्नो प्रेमिकालाई विहेको प्रस्ताव राखे पनि प्रेमिकाले विहेको प्रस्ताव अस्वीकार गरिन् । जुन फोटो सोसल मिडियामा केही समययता भाइरल भएको छ ।
अर्को समस्या के भने मानिसलाई भेट्ने पुरानो र नयाँ तरिकाले सधैं काम गर्दैन । चिनियाँ नयाँ वर्षलाई धेरै लामो समयदेखि एक्लो व्यक्तिले आफ्नो जीवन साथी खोज्ने अवसरको रुपमा लिइदै आइएको छ । यो पर्वको बेला धेरै मानिसहरुले आफ्नो परिवार र आफन्तलाई भेट्छन्, जुन जनबरीको अन्तिमदेखि फेब्रुअरी मध्यसम्ममा हुन्छ, यो बेला एक्लो व्यक्तिले आफ्नो जीवन साथी भेट्ने सम्भावना हुन्छ ।

तर, एक्लो व्यक्तिले जीवनसाथी खोज्ने यो अवसरलाई आधुनिकताले उछिनिसकेको छ । अनलाइन डेटिङ चीनमा तिव्र गतिमा लोकप्रिय भइरहेको छ । साथै, म्यासेजिङ एप वीच्याटमार्फत मानिसहरुसँग सम्पर्क बढ्ने क्रम बढ्दो छ ।

‘चीनमा डेटिङ संस्कृति धेरे खुला र पश्चिमी देशसँग मिल्दोजुल्दो भइसकेको छ’, जुन ली भन्छन्,‘युवा पुस्ता आफ्नो अभिभावकभन्दा बढी आफ्नो मनको कुरा सुन्न थालेका छन् ।’

नयाँ संस्कृति

जियाङ्सु राज्यको सुजाओकी जुन ली २० वर्ष पूरा भएकी छन् र एक्लै छिन् । उनको अनुभवमा बढ्दो संख्याका एक्लो पुरुषहरु समूह बनाएर सार्वजनिक स्थलहरु डेटिङ इभेन्टको लागि भाडामा लिइरहेका छन् ।

केही पुरुषहरु आफूलाई धेरै आकर्षित देखाउन तल्लिन छन् । केही एक्ला पुरुषहरु आफ्नो अभिभावक र आफन्तको प्रश्नबाट बच्न भाडामा प्रेमिका समेत बनाउन थालेका छन् । उनीहरुलाई हायर मि प्लिज जस्ता एपहरुले सघाइरहेका छन् । रिपोर्टअनुसार चीनमा भाडामा प्रेमिका बनाउन प्रतिदिन झण्डै १५ सय डलरसम्म पर्छ ।

एक्लो पुरुषको समस्या गरिब ग्रामीण भेगमा झन् बढी छ । त्यहाँ परम्पराअनुसार विवाहको लागि पुरुष आर्थिकरुपमा केही सम्पन्न हुनुपर्छ ।

३० वर्षपछि विवाह गरेका होङ याङ यसलाई चीनको ‘सासू अर्थतन्त्र’ भनी व्याख्या गर्छन् । ‘यदि कोही पुरुषले बिहे गर्न चाहन्छ भने उसको हुनेवाला सासुले अन्य कुरा गर्नुभन्दा पहिला घर किन भन्छिन्’, उनी भन्छन्,‘यही कारणले हो पछिल्ला वर्षमा घरको मूल्य महंगिदै गएको छ ।’

तर, पुरुषहरुमा परेको यो आर्थिक भारले केही महिलालाई समेत पुरुष साथी खोज्न अप्ठेरो परेको छ । आर्थिक भारका कारण ठूलो संख्याका पुरुषहरु ढिलो विवाह गर्न चाहन्छन् । र, जब उनीहरु आर्थिकरुपमा केही सम्पन्न हुन्छन् तब उनीहरु कम उमेरका महिला विवाह गर्न चाहन्छन् । चीनमा विवाह गर्दा पुरुषले आफूभन्दा १० देखि २० वर्षसम्मका कम उमेरका महिला खोज्नु सामान्य मानिन्छ ।

‘महिलाहरु ३२ वर्ष कटेपछि जीवन साथी खोज्न कठिन हुन्छ’, होङ याङ भन्छन्,‘आर्थिक रुपमा सम्पन्न र योग्य पुरुषहरुले कम उमेरका र राम्री देखिने महिला बिहे गर्न चाहन्छन् ।’ महिलाहरु भने उमेरमा धेरै जेठो भए पनि आर्थिकरुपमा सम्पन्न पुरुष खोज्नछन् ।

३० वर्षपछि बिहे गरेर सांघाईमा बसिरहेकी हिथरका अनुसार ३० वर्ष कटेर पनि बिहे नगरेका शिक्षित र आर्थिकरुपमा सम्पन्न महिलालाई भने ‘नरुचाईएका केटी’ भन्ने गरिन्छ ।

अभिभावकको दवाब

‘चिनियाँ एक्लो व्यक्तिलाई जीवन साथी खोज्ने सबैभन्दा ठूलो दवाब अभिभावकबाट आउँछ । र, उनीहरु सधैं दवाब दिइरहन्छन्’, ३९ वर्षको उमेरमा बिवाह गरेर सुजाओमा बसोबास गरिरहेका रोजर जाओ भन्छन् ।

‘अभिभावकहरु आफ्नो सन्तानको वैवाहिक जीवन सुरु गराउन आफ्नो जिम्मेवारी ठान्छन्’, उनी भन्छन्,‘उनीहरु आफ्नो सन्तानलाई आफ्नो जीवन साथी छान्न, डेटिङ जान र बिहेको तयारी गर्न दवाब दिन्छन् ।’

जसका कारण अर्को समस्या सुरु भएको छ । उनीहरु आफ्नो सन्तानको जीवन साथी खोज्ने कुरामा संलग्न हुन्छन् ।

‘अभिभावकले खोजिदिएको व्यक्तिसँग डेट जाने चीनमा अहिले पनि चर्चित छ’, ३२ वर्षको उमेरमा पनि एक्लो रहेका मेलिन्डा हु भन्छन्,‘आफ्ना सन्तानको समयमै बिहे नभए समाजमा अभिभावकको आलोचना हुन्छ जसका कारण अभिभावकहरु आफ्नो सन्तानले चाँडै बिहे गरोस् भन्ने चाहन्छन् । झन्, छोरीको हकमा त उनीहरु ३० नकट्दै बिहे गराउन चाहन्छन् ।’
–बीबीसीबाट साभार

प्रकाशित : फाल्गुन ६, २०७३ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?