कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वाइटहाउसले माफी माग्यो

सीएनएन

वासिङ्टन — ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ ।

ह्वाइटहाउसले माफी माग्यो

निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको फोन रेकर्ड गरेको आरोप लागेको थियो ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले बेलायती समकक्षीसँग कुरा गर्दै ह्वाइटहाउसका प्रेस सचिव सिन स्पाइसरले लगाएको आरोपका लागि माफी मागेका हुन् । अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजले आफ्नो रिपोर्टमा स्पाइसरले बेलायती गुप्तचर निकायमाथि लगाएको आरोप प्रसारण गरेको थियो । ह्वाइटहाउसका अधिकारीले स्पाइसरको उक्त अभिव्यक्ति व्यक्तिगत भएको स्पष्ट पारेका छन् ।
 
बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा स्पाइसरले फक्स न्युजले बेलायती गुप्तचर संस्था जीसीएचक्यूमाथि लगाएको आरोप पढेका थिए । उनले कानुनी सल्लाहकार एन्ड्रयु न्यापोलिटानोको भनाइ उद्धृत गर्दै बाराक ओबामाले चेन अफ कमान्ड तोड्दै ट्रम्पको जासुसी गरेको आरोप लगाएका थिए । उक्त आरोपलाई बेलायती गुप्तचर संस्था र बेलायती सरकारले आक्रोश व्यक्त गरेपछि ह्वाइटहाउसले माफी मागेको हो ।

प्रकाशित : चैत्र ५, २०७३ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?