कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डन आक्रमणपछि ८ जना पक्राउ

नविन पाेखरेल

लन्डन — बेलायतको सशस्त्र प्रहरीले लन्डनमा बुधबार भएको आतंककारी आक्रमणपछि ८ जना पक्राउ गरेको छ । बर्मिङहम, लन्डनसहित यूकेका ६ विभिन्न ठेगानामा छापा मारी प्रहरीले त्यसै रात ८ जना पक्राउ गरेको हो ।

लन्डन आक्रमणपछि ८ जना पक्राउ

प्रति आतंकवादका एकजना वरिष्ठ अधिकारी मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिश्नर मार्क राउलीले पक्राउबारे जानकारी दिंदै लन्डन घटना अन्तर्राष्ट्रिय आतंकवादबाट प्रेरित भएको जनाएका छन् ।

राउलीले मृतक संख्या परिमार्जन गर्दै घटनामा आक्रमणकारीसहित चारजनाको मृत्यु भएको र २९ जनाको उपचारमा भइरहेको जनाए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

बेलायती रक्षामन्त्री माइकल फालनले वेष्टमिनिस्टर हमला इस्लामिक आतंकवादसंग सम्बन्धित भएको विश्वास व्यक्त गरेका छन् ।

बेलायती संसद भवन अगाडि पर्यटकहरुले खचाखच भरिने वेष्टमिनिस्टर पुलको पेटीमा हिंडिरहेका पैदल यात्रुमाथि अन्धाधुन्ध कार कुदाएर एक सन्दिग्ध आतंककारीले कार रेलिङमा ठोक्काएका थिए । पछि उक्त आक्रमणकारीले संसद भवनको सुरक्षामा खटिएका प्रहरीलाई धारिलो चक्कु प्रहार गरेको समाचारमा जनाइएको छ ।

सशस्त्र प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएका छन् । प्रहरीले उक्त घटनामा प्रयोग भएको कार बर्मिङहमबाट भाडामा लिइएको जनाउँदै आक्रमणकारी बेलायतमै जन्मिएको भएपनि उसको परिचय खुलाएको छैन् ।

बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदलाई सम्बोधन गर्दै घटनाबाट आफूहरु नडराएको जनाइन् । उनले सशस्त्र प्रहरी संख्या बढाइएको पनि बताइन् । अघिल्लो दिन उनले भावुक मुद्रामा घट्नाको
भत्र्सनासहित लन्डनको आतंककारी घटनाबाट बेलायती मूल्य मान्यता परास्त हुन नसक्ने बताउँदै घटनालाई तुच्छ र घृणित बताएकी थिइन् ।

प्रकाशित : चैत्र १०, २०७३ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?