कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाको अमेरिकालाई चेतावनी– ‘आणविक आक्रमणको लागि तयार छौं’

बीबीसी

उत्तर कोरियाले अमेरिकालाई आफ्नो क्षेत्रमा उत्तेजित बनाउने खालको क्रियाकलाप नगर्न चेतावनी दिंदै आफू आणविक आक्रमणले जवाफ दिन तयार बसेको बताएको छ ।

उत्तर कोरियाको अमेरिकालाई चेतावनी– ‘आणविक आक्रमणको लागि तयार छौं’

आफ्नो संस्थापक राष्ट्रपति किम सङ दोस्रोको १५० औं जन्मोत्सब बनाउने क्रममा उत्तर कोरियाले यस्तो टिप्पणी गरेको हो । 

शनिबार प्योङयाङमा आयोजना गरिएको सभामा उत्तर कोरियाले आफ्नो ट्यांककर, सैनिकसहित आफ्नो सैनिक साधनहरुको प्रदर्शन गरेको थियो ।

राष्ट्रपति किम जोङ उनले अर्को आणविक हतियार परीक्षणको लागि निर्देशन दिनसक्ने आंकलनका बीच उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । 

‘हामी सबै खाले युद्धलाई सबै तरिकाबाट जवाफ दिंन तयार छौं’, उत्तर कोरियाली सैनिक अधिकारी चोइ रायोन हेइले भने,‘हामीमाथि कुनै आणविक आक्रमण भयो भने हामी हाम्रो शैलीमा प्रत्युत्तर दिन तयार छौं ।’

अमेरिकासँग मतभेद बढिरहेको बेला शनिबार आयोजित सभामा उत्तर कोरियाले आफ्नो बलियो सैनिक शक्ति रहेको सन्देश दिने गरी सैनिक परेड आयोजना गरेको थियो ।

शनिबारको सभामा समुद्रबाट प्रहार गर्न सकिने मिसाइल प्रदर्शन गरिएको थियो । शनिबारको सभाले उत्तर कोरियाको आणविक कार्यक्रम कति शक्तिशाली छ भन्ने पुष्टि गरेको छ । अमेरिकाले यसैसाता आफ्नो नाभी सेनालाई उत्तर कोरियाको सीमा नजिकै पठाएपछि दुई देशबीचको तनाव बढेको छ ।

उत्तर कोरियाले ५ वटा आणविक हतियार र दर्जनौं मिसाइल परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाली एक मात्र समर्थन चीनले पनि यो क्षेत्रमा युद्ध भए आफ्नो सीमामा समेत खतरा बढ्ने भन्दै चासो देखाइरहेको छ । शुक्रबार मात्रै चीनका विदेश मन्त्री वाङ यीले कुनै पनी बेला द्धन्द्ध सुरु हुनसक्ने खतरा औंल्याउँदै युद्ध भए कसैले नजित्ने टिप्पणी गरेका थिए ।

अमेरिका र उत्तर कोरियाबीचको तनावमा चीनियाँ चासोलाई बुझेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाको समस्यामा ध्यान दिइने बताएका थिए ।

‘यदि चीनले हामीलाई सहयोग गर्ने निर्णय गरे त्यो निकै राम्रो हुन्छ । यदि गरेन भने हामी उनीहरुको सहयोग बिनै यो समस्या समाधान गछौं’, उत्तर कोरियाको बिषयमा केही अघि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध सैनिक कारबाही गर्ने मनसाय व्यक्त गरेका थिए ।

पछिल्लो समय अमेरिकी सैनिकले सिरिया र अफगानीस्तानमा समेत आत्रमण गरिसकेका छन् ।

प्रकाशित : वैशाख २, २०७४ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?