कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋण नतिरी भागेका भारतीय व्यापारी बिजय माल्या लण्डनमा पक्राउ

एजेन्सी

मुम्बई — बैंकहरुलाई ९ हजार करोड ऋण नतिरी भागेका भारतीय व्यापारी विजय माल्या लण्डनमा पक्राउ परेका छन् । उनलाई लण्डन प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

ऋण नतिरी भागेका भारतीय व्यापारी बिजय माल्या लण्डनमा पक्राउ

फ्रेब्रुअरीमा भारतीय सरकारले बेलायतलाई विजय माल्याको बिषयमा जानकारी गराउँदै उनलाई पक्राउ गर्न अनुरोध गरेको थियो । 

सन् २०१६ को मार्चमा माल्या बेलायत पुगेका थिए । उनले ऋण लिएको बैंकहरुले ९ हजार करोड ऋण नतिरेको भनी मुद्दा दायर गरेपछि उनी भारतबाट भागेका हुन् । उनी भारतीय एयरलाइन्स किङ्फिसरका मालिक हुन् । 

भारतमा उनीविरुद्ध हुण्डी कारोबार गरेको र बैंकको ऋण नतिरेर ठगेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको थियो ।

 

प्रकाशित : वैशाख ५, २०७४ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?