कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलकत्ता उच्च अदालतका एक न्यायाधीशका सबै आदेशहरु खारेज

न्यायाधीशको मानसिक अवस्थाको परीक्षण गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं — भारतको सर्बोच्च अदालतले कलकत्ता उच्च अदालतका एक जना न्यायाधीशले गरेका सबै आदेशहरु खारेज गर्दै न्यायाधीशको मानसिक अवस्था परीक्षण गर्न आदेश दिएको छ ।

कलकत्ता उच्च अदालतका एक न्यायाधीशका सबै आदेशहरु खारेज

हिन्दूस्तान टाइम्सको अनलाइन संस्करण अनुसार कलकत्ता उच्च अदालतका न्यायाधीश सीएस कर्ननले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित अन्य छ जना न्यायाधशिबिरुद्ध भ्रष्टाचार र मानहानिको आरोपमा बिभिन्न प्रकारका आदेशहरु दिएका थिए ।

सर्बोच्च अदालतको बेञ्चले बंगाल प्रहरी प्रमुखलाई एउटा टोली बनाएर मे ५ मा हुने मानसिक अवस्थाको परिक्षणको लागि मेडिकल बोर्डलाई सहयोग गर्नसमेत भनेको छ । यसका लागि सरकारी अस्पतालबाट डाक्टरहरुलाई छनौट गर्नसमेत भनिएको छ ।
 
न्यायाधीश कर्नन र न्यायपालिकाबीचको द्वन्द्व मद्रास उच्च अदालतमा भएका बेला अन्य न्यायधीशहरुलाई अरोप लगाउन थालेपछि सुरु भएको हो । पछि उनले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नै भ्रष्टाचार, नातावाद र जाविादको आरोप लगाएका थिए ।
 
यही आरोपमा उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितलाई आफ्नो अगाडी बयानका लागि आउन आदेश दिएका थिए । 

प्रकाशित : वैशाख १८, २०७४ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?