कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनमा मस्जिद नजिक भयानक दुर्घटना

नवीन पोखरेल

लन्डन — उत्तरी लन्डनको मस्जिद बाहिर एउटा भ्यानले पैदलयात्रुहरुमाथि ठक्कर दिँदा एकको मृत्यु भएको छ भने केही घाइते भएका छन्। प्रत्यक्षदर्शीले कम्तीमा दशजना घाइते भएको बताएका छन् । लन्डन एम्बुलेन्स सर्भिसले ८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

लन्डनमा मस्जिद नजिक भयानक दुर्घटना

फिन्सबरी पार्क मस्जिद बाहिर रमदान प्रार्थना सकेर फर्किएका श्रद्धालुहरुमाथि भ्यान कुदाइएको समाचारमा जनाइएको छ । 

मेट्रोपोलिटन प्रहरी प्रवक्ताले आइतबार राति १२.२० बजे घट्ना भएको जनाएका छन् । ती प्रवक्ताले घट्नामा कयौं घाइते भएका र ४८ वर्षीय एक चालकलाई गिरफ्तार गरिएको जनाए । प्रहरीले घट्नाको अनुसन्धान थालेको छ । घट्नास्थलमा प्रहरी र एम्बुलेन्सका कयौं गाडी देखिएका छन् भने सेभेन सिस्टर्स रोड बन्द गरिएको छ ।  

प्रधानमन्त्री टेरेजा मेले डरलाग्दो घट्ना भन्दै सहानुभूति प्रकट गरेकी छन् भने विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नाबाट अचम्भित भएको बताएका छन् । लन्डन मेयर सादिक खानले फिन्सबरी पार्कमा भएको एउटा गम्भीर दुर्घटनाबारे छानवीन भइरहेको ट्वीट गरेका छन् । 

ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई नियोजित ठक्कर दिएको जनाएको छ। मुस्लिम काउन्सिलका महासचिव हरुन खानले जानी जानी श्रद्धालुहरुमाथि भ्यान कुदाइनु आश्चर्यजनक र क्रुर भनेका छन् । 

केही साताअघिमात्र लन्डन ब्रीजमा आइसीस समर्थकहरुले पैदल यात्रुमाथि भ्यान कुदाइ बरो मार्केटमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना मारिएका थिए । यसबाहेक कम्तीमा ५८ जना मारिने गरि भएको ग्रेनफेल टावर आगलागी घट्नाको साता दिन नबित्दै लन्डनले अर्को दु:खद घट्ना सामना गर्नु परेको छ । 

प्रकाशित : असार ५, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?