कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई विपक्षी नेता पक्राउ

सीएनएन

काराकस — भेनेजुएलाका प्रमुख दुई विपक्षी नेताहरू लियोपोल्दो लोपेज र एन्टोनियो लेदेज्मालाई मंगलबार पक्राउ गरिएको छ। परिवारका सदस्यहरूले उनीहरूलाई पक्राउ गरी सैनिक कारागारमा राखिएको दाबी गरेका छन्। कहाँ लगिएको छ भन्नेबारे केही नबताएका छन्। उनीहरूलाई सन् २०१४ मा सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा घरमै नजरबन्दमा राखिएको थियो।

दुई विपक्षी नेता पक्राउ

श्रीमतीले सार्वजनिक गरेको भिडियोमा गुप्तचर अधिकारीले उनलाई लगिरहेको देखिएको छ। लेदेज्माकी छोरीले पनि बुबालाई गुप्तचर अधिकारीले लगिरहेको भिडिओ राखेकी सार्वजनिक गरेकी छन्। चुनावका क्रममा भएका हिंसामा १० जनाको मृत्यु भएको थियो। राष्ट्रपति निकोलस मडुरोले संविधान पुनर्लेखन गर्न संविधानसभाको निर्वाचन गराएको बताएका छन्। उनले देशमा शान्ति स्थापनाका लागि एकमात्र विकल्प चुनाव भएको बताएका थिए।

मडुरोको संविधान लेखनले ध्रुवीकृत समाजलाई संवादमार्फत एक ढिक्का बनाउने तर्क छ। तर विपक्षीले मडुरोको सत्ताकब्जा योजनाअनुसार निर्वाचन भएको र संसद्लाई पाखा लगाउने बताउँदै आएका छन्। तीन वर्ष जेलमा राखिएका लोपेजलाई गत जुलाई ८ तारिखदेखि उनको घरमै नजरबन्दमा राखिएको थियो। संविधानसभाको निर्वाचन हुनु केही दिनअघि सार्वजनिक उनको भिडियोमा मडुरोले लोकतन्त्रलाई खतरामा पारेको दाबी गरेका थिए।

प्रकाशित : श्रावण १८, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?