कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

वैज्ञानिकको सम्मानमा रात्रिभोज

रोयटर्स

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले एक साताअघि हाइड्रोजन बमको सफल परीक्षणमा संलग्न वैज्ञानिक र इन्जिनियरको सम्मानमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरेका छन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार किमले उत्तर कोरियाको इतिहासमै सबैभन्दा ठूलो सफलता मिलेको भन्दै बम निर्माणमा संलग्नलाई भव्य रात्रिभोज दिएका हुन् । उनले यस सफलतामा सिंगो देशले नै गर्व गर्नुपर्ने बताएका छन् । किमले भने, ‘अप्ठ्यारो समयमा भएको हाइड्रोजन बमको सफल परीक्षण वास्तवमै उत्तर कोरियाली जनताको ठूलो जित हो ।’

रात्रिभोजमा उनले परीक्षणमा संलग्न वैज्ञानिकलाई धन्यवाद दिँदै आगामी दिनमा थप शक्तिशाली हतियारको विकासका लागि पनि निर्देशन दिएका केसीएनएले जनाएको छ । केसीएनएले आइतबार सार्वजनिक गरेका तस्बिरमा किम दुई जना वैज्ञानिक री होङ सोप र होङ सुङ मुसँग हँसिलो मुद्रामा देखिएका छन् ।

प्रकाशित : भाद्र २६, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?