कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहिंग्या शरणार्थीलाई हिडडूल गर्न प्रतिबन्ध लगाउने बंगलादेशको घोषणा

म्यानमारमा हिंसा रोक्न सुचीलाई अन्तिम मौका : राष्ट्रसंघ महासचिव
बीबीसी

म्यानमारबाट भागेका अधिकांश रोहिंग्या जलमार्ग हुँदै बंगलादेश छिर्ने गरेका छन् । बंगलादेशले आफ्नो देशमा ४ लाख रोहिंग्या भएको भन्दै उनीहरुको गतिविधि नियन्त्रण गर्ने घोषणा गरिसकेको छ ।

रोहिंग्या शरणार्थीलाई हिडडूल गर्न प्रतिबन्ध लगाउने बंगलादेशको घोषणा

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्सले म्यानमा जारी हिंसालाई रोक्न नेतृ आङसाङ सुचीलाई अन्तिम मौका भएको टिप्पणी गरेका छन् । उनले म्यानमार जारी हिंसा तत्काल नरोकिए अवस्था अन्त्यै डरलाग्दो हुनसक्ने बताए ।

हिंसा बढ्दै गए यसले जातीय नरसंहारको रुप लिनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ । 

म्यानमारले भने गत महिना प्रहरी पोष्टमा आक्रमणकारीले गरेको हमलाको प्रत्युत्तरमा सैनिक कारबाही भइरहेको भन्दै यो सर्वसाधारण लक्षित नरहेको दाबी गरिरहेको छ । 

अगस्ट अन्तिम साता म्यानमारको रखाइन राज्यमा बन्दुकधारीले आक्रमण गरेपछि सरकारी सेनाले गरेको कारबाहीका कारण हजारौं रोहिंग्या देश छाड्न बाध्य छन् । 

बीबीसीसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रसंघ महासचिव गुटेर्सले सूचीले हिंसा रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखेका हुन् । 

‘सूचीले स्थितिलाई उल्ट्याउन सकिनन् भने, मलाई लाग्छ, त्यहाँ भएको दु:खद घटनाले डरलाग्दो रुप लिन सक्छ । र, भविष्यमा यस्तो घटनाले के स्थिति ल्याउछ म भन्न सक्दिन ।’

गुटेर्सले देश छाडेका रोहिंग्या स्वदेश फर्कन पाउनुपर्ने धारणा समेत राखेका छन् । 

नोबेल पुरस्कार बिजेता सूचीको म्यानमारमा जारी हिंसालाई लिएर विश्वभर आलोचना हुन थालेको छ ।

यता म्यानमारकी नेतृ सूचीले भने आतंककारीहरुलाई सहयोग पुर्‍याउने गरी म्यानमारमा जारी हिंसाको बारेमा गलत जानकारीहरु फैलिएको दाबी गरेकी छन् । उनी न्यूयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएकी छन् ।

बंगलादेशको प्रहरीले आफ्नो देशमा भएका रोहिंग्या घर छाडेर कतै हिंड्न नपाउने बताएको छ । प्रहरीले बंगलादेशका यातायात क्षेत्रलाई समेत रोहिंग्यालाई सवारीमा नचढाउन निर्देशन दिइसकेको छ । 

बंगलादेशले कोक्स बजार नजिकै ४ लाख रोहिंग्या शरणार्थीलाई बस्न मिल्ने गरी सेल्टर बनाउने तयारी गरेको बताएको छ । 

विश्लेषकहरुका अनुसार बंगलादेश सरकारले रोहिंग्या शारणार्थी आफ्ना जनतासँग नमिसिउन भन्नका लागि यस्तो कदम चालेको हो जसका कारण उनीहरुलाई म्यानमार फर्काउन वा तेस्रो देश पुनस्र्थापन गर्न सहज होस् ।

 

प्रकाशित : आश्विन १, २०७४ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?