कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनाढ्य राजकुमार तलाल भ्रष्टाचार आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — विश्वको ४५ औ धनीको सूचीमा रहेका र झन्डै १८ बिलियन डलरका मालिक अलवालिइद विन तलाल भ्रष्टाचारमा संलग्न रहेको भन्दै साउदी प्रहरीले पक्राउ गरेको छ ।

धनाढ्य राजकुमार तलाल भ्रष्टाचार आरोपमा पक्राउ

प्रहरीले शनिबार राति उनीसहित ११ राजकुमारलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चार वाहालवाला मन्त्री र १० पूर्व मन्त्री पनि छन् ।

साउदी राजाका उत्तराधिकारी मोहम्मद विन सलमानको नेतृत्वको भ्रष्टचार बिरुद्धको निकायले छानविन गरी उनीहरुलाई पक्राउ गरेको साउदीका सञ्चारमाध्यमहरुले जनाएको छ ।

किङडम होल्डिङका अध्यक्ष राजकुमार अलवालिइद विन तलाल सन् २००९ मा आफ्नै बिमान लिएर नेपाल भ्रमणमा आएका थिए । त्यसबेला उनलाई नेपाल सरकारले सम्मान गरेको थियो । तलालले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा गरेका थिए ।

उनीसँगै राष्ट्रिय गार्ड मन्त्री मिटेव विन अब्दुल्लाह, अर्थ तथा योजना मन्त्री अलेद फकैह, पूर्व रोयल कोर्टका प्रमुख खालिद अल टुवाइजेरी, पूर्व अर्थमन्त्री इव्राहिम अल असेफ, साउदी नेभीका कमान्डर अब्दुलाह अल सुल्तान, साउदी विनलादेन समूहका अध्यक्ष बकर विन लादेन, रोयल कोर्टका पूर्व शिष्टाचार प्रमुख मोहमद अल टोवैसी, साउदी लगानी निकायका पूर्व गभनर अर्म अल दबबगह, एममीसी टेलिभिजन नेटवर्कका मालिक अलवालिद अल इब्राहिम, साउदी अरबियन एयरलाइन्सका पूर्व महानिर्देशक खालिद ए मुलहिम, साउदी टेलिकममा पूर्व प्रमुख अधिकृत साउद अल दवीस, पूर्व वातावरण प्रमुख टुर्की विन नासिर, पूर्व उप रक्षामन्त्री फाहद विन अब्दुल्लाह विन मोहम्मद, व्यापारी सालेह कमिल र मोहममद अल एमोउदी रहेको जनाएको छ ।

प्रकाशित : कार्तिक १९, २०७४ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?