कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोजा गन्हाएको भन्दै प्रहरी नियन्त्रणमा यात्रु !

एजेन्सी

नयाँ दिल्ली — मोजा गन्हाएको बिषयमा बिवाद हुँदा भारतीय प्रहरीले एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ । बिहारका २७ वर्षीय प्रकाश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो एक साता अघिको घटना हो ।

मोजा गन्हाएको भन्दै प्रहरी नियन्त्रणमा यात्रु !

उनी धर्मशालाबाट दिल्ली जानको लागि बसमा यात्रारत थिए । बसमा यात्रा गर्ने क्रममा उनले आफ्नो जुत्ता र मोजा फुकालेपछि अन्य यात्रुले गन्हाएको भन्दै उनलाई उक्त मोजा झोलामा हाल्न वा बाहिर फाल्न भनेका थिए ।

तर उक्त युवकले आफ्नो मोजा नगनाएको भन्दै बिवाद सुरु गरेपछि अन्य यात्रुको अनुरोधमा बसलाई हिमाञ्चल प्रदेशको एक प्रहरी स्टेसनमा रोकिएको  थियो । उनलाई प्रहरीसमक्ष बुझाउनु अघि बसका चालक र सहचालकले दुई तीन पटक बस रोकेर सम्झाउने प्रयास गरेका थिए । तर, उनले मोजा फाल्न नमानेपछि प्रहरीलाई बुझाइएको हो ।

भारतीय सञ्चारमाध्यम दी हिन्दुस्तान टाईम्ससँग पक्राउ परको प्रकाश कुमारले भनेका छन्–मेरो मोजा गन्हाएकै थिएन । अन्य यात्रुले बिनाकारण झगडा सुरु गरे ।

प्रहरीका अनुसार उनी अहिले धरौटीमा रिहा भइसकेका छन् ।

प्रकाशित : मंसिर १६, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?