कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

अमेरिकालाई टर्कीको चेतावनी

बीबीसी

स्तानबुल — टर्कीका राष्ट्रपतिले जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता नदिन अमेरिकालाई चेतावनी दिएको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकाले त्यस्तो घोषणा गरे आफू इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने बताएका छन् ।

 ‘ट्रम्प महोदय, जेरुसलेम मुस्लिमहरुका लागि खतराको घेरा हो ।’टर्किस टेलिभिजन सम्बोधनका क्रममा एर्दोगानले भने, ‘हामी यस विषयमा इजरायसँगको सम्बन्ध अन्त्य गर्नेसम्म पुग्न सक्छौं ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धताअनुसार त्यस्तो घोषणा गर्न सक्ने सम्भावना बढेपछि कतिपय देशले उनलाई चेतावनी दिइरहेका छन् । गोप्य स्रोतका अनुसार ट्रम्पले यसै साता उक्त निर्णय लिने सम्भावना छ । टर्की र इजरायलले ६ वर्षपछि सन् २०१६ मा कूटनीतिक सम्बन्ध पुन: स्थापित गरेका हुन् । 

यसअघि जोर्डनले जेरुसलेमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिए ‘खतरनाक परिणाम’ उत्पन्न हुने चेतावनी दिएको थियो । विदेशमन्त्री अयमान सफादिल ट्वीटरमार्फत त्यस्तो निर्णयले अरब र मुस्लिमजगत्मा तनाव निम्त्याउने दाबी गरेका थिए । 

त्यसैगरी, प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पनि ट्रम्पको सम्भावित निर्णयबाट रोक्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको जनाउँदै आएका छन् । उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग टेलिफोन वार्ता गरेका थिए । अरब लिग प्रमुख अहमद अबोल घेइतले यस्तो निर्णय खतरनाक हुने बताए ।
 
प्यालेस्टाइनी नेताहरुले यसअघि नै त्यस्तो कदमले ‘दुई राज्य’ सम्बन्धी विद्यमान समस्या झन् जटिल बनाउन सक्ने बताउँदै आएका छन् । इजरायलले सन् १९६७ मा मध्यपूर्वमा भएको युद्धपछि पूर्वी जेरुसलेममाथि कब्जा गरेको हो । इजरायलले सन् १९८० मा उक्त क्षेत्रमा अतिक्रमण गरेको हो ।  
 

प्रकाशित : मंसिर १९, २०७४ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?