कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला आरक्षणमा ६ जना निर्वाचित

नेतृ मीना पाण्डे भने पराजित
कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षण सिटमा ६ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महिला कोटाबाट डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् ।

महिला आरक्षणमा ६ जना निर्वाचित

कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षण सिटमा ६ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महिला कोटाबाट डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् ।

निर्वाचित भएकामध्ये संग्रौला, भूसाल, बस्नेत र न्यौपाने नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूह तथा पन्त र प्रसाईं रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार भएका थिए ।

कांग्रेसकी अग्रज महिला नेतृ मीना पाण्डे भने पराजित भएकी छन् ।

प्रकाशित : फाल्गुन २९, २०७२ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?