आत्मघाती बम हमलामा २८ को मृत्यु
बग्दाद — इराकको बग्दादमा भएको आत्मघाती बम हमलामा परी २८ जनाको मृत्यु भएको छ । शनिबार विहानै अती व्यस्त बजारमा भएको आत्मघाती हमलाका कारण घटनास्थलमै १९ जनाको मृत्यु र ४५ घाइते भएका थिए ।
घटनाका बारेमा अहिले सम्म कुनै समुहले जिम्मेबारी नलिए पनि इश्लामिक स्टेट (आईएस)ले यसअघि पनि व्यस्त बजारहरुमा आम नागरिकलाई लक्षित गरी यस्तै आत्मघाती हमला गर्दै आएको थियो । बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
आतङारी गतिविधि, हिंसा र सुरक्षा कारवाहीमा परी इराकमा नोभेम्बरमा मात्रै दुई हजार ८ सय ८५ जनाको मृत्यु र एक हजार ३ सय ८० घाइते भएको युनाईटेड नेशन एसिस्टेन्स मिसन फर ईराकले जनाएको छ ।
प्रकाशित : पुस १६, २०७३ १९:४४प्रतिक्रिया